सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वउपराष्ट्रपतिका छोरा दीपेश फेरि पक्राउ

२०८१ वैशाख १४, ०९:२१ खबर संवाददाता

काठमाडौँः पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश फेरि पक्राउ परेका छन्।

उनलाई रुपन्देही प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको आधारमा शुक्रवार फेरि पक्राउ गरेको हो। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटे लगत्तै पक्राउ परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

पुनलाई शुक्रवारनै काठमाडौँ पठाइएको छ। पुनलाई अब छाड्ने कि नियन्त्रणमै राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे सीआईबीले थप निर्णय गर्ने उनको भनाइ छ। ६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाले पुन  छानबिनको दायरामा रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस