सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा वन क्षेत्र बढाउन र प्रदूषण रोक्न वृक्षरोपण अभियान

२०८१ वैशाख २५, ०९:५३

पाकिस्तान : दक्षिण एसियाली देशमा वन क्षेत्र बढाउने र प्रदूषण नियन्त्रण गर्ने प्रयासमा पाकिस्तानले सोमबार विभिन्न जिल्लामा वृक्षरोपण अभियान सुरु गरेको छ।

‘प्लान्ट फर पाकिस्तान’ भनेर चिनिने अभियान देशमा रुख रोप्नका लागि छुट्याइएको जग्गाको पुनःस्थापना, वृक्षरोपण प्रवद्र्धन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले गरिएको जलवायु परिवर्तन तथा वातावरण समन्वय मन्त्रालयले जनाएको छ।

प्लान्ट फर पाकिस्तान ड्राइभ सन् २०२६ सम्म जारी रहने र यसको दायरा अन्य जिल्लामा पनि विस्तार गरिने मन्त्रालयले जनाएको छ। वृक्षरोपण अभियानलाई प्रदेश सरकार, कर्पोरेट क्षेत्र, युवा तथा आम जनताको सहयोग रहनेछ। यो आयोजनाले प्रदूषण घटाउन मात्र नभई देशमा काठ उद्योगको विकास गर्नुका साथै कृषियोग्य जग्गाका मालिकलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस