सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको शिवनाथका एक शिक्षकले छात्रालाई भगाएर भारत पुर्‍याए

२०८१ जेठ ६, १२:२६ खबर संवाददाता

धनगढीः बैतडीको शिवनाथ गाउँपालिकाका एक शिक्षकले छात्रालाई भगाएका छन्। शिवनाथ–१ स्थित नागार्जुन आधारभूत विद्यालयका एक शिक्षकले कक्षा ९ मा अध्ययनरत छात्रालाई भगाएका हुन्।

गाउँपालिका– १ कुडका करनसिंह साउँदले नागार्जुन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेकी गाउँकै छात्रालाई भगाएका छन्। गाउँपालिकाले नियुक्त गरेका करिब २८ वर्षीय शिक्षक साउँदले जेठ २ गते बुधवार गाउँकै ती छात्रालाई बिहे गर्ने भन्दै भगाएर भारत लगेको खुलेको छ। केटी भगाउने शिक्षक साउँद विवाहित हुन्। उनी दुई छोराको बाबु रहेको स्थानीयले बताएका छन्।

शिवनाथ गाउँपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष मानसिंह साउँदले करनसिंहले गाउँकै छात्रा भगाएर भारततर्फ गएको खबर वडा कार्यालयमा प्राप्त भएको बताए। उनले भारततर्फ पक्राउका लागि पहल समेत गरेको बताएका छन्। तर, केटी भगाउने साउँदलाई पक्राउ गर्न नसकिएको कार्यवाहक अध्यक्ष साउँदले बताए।

 

कमेन्ट लोड गर्नुस