सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजाको ७० भन्दाबढी ठाउँमा इजरायलको बमबारी

२०८१ जेठ ५, ०५:३९ खबर संवाददाता

एजेन्सीः गाजामा चलिरहेको भीषण लडाईका बीच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी गरेको जनाएको छ।

सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ। इजरायली सेनाले गाजाको यो क्षेत्र हमासबाट मुक्त गराएको दाबी गरेको थियो। तर अहिले हमासका लडाकुहरूले इजरायली सेनामाथि फेरि आक्रमण गरिरहेका छन्।

यहाँका साँघुरो गल्लीहरूमा इजरायली सैनिक र हमास लडाकुहरूबीच झडप भइरहेको छ। इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन्।

उही समयमा, गाजाको अर्को छेउमा, रफाह शहरमा लडाई जारी छ। इजरायलले यहाँ हमासका कैयौं अड्डाहरू ध्वस्त पारेको र इस्लामिक जिहादका एक शीर्ष कमाण्डरलाई मारेको दाबी गरेको छ।
 

कमेन्ट लोड गर्नुस