सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु

२०८१ जेठ १, ०१:०५ खबर संवाददाता

काठमाडौँः भारतको मुम्बईको घाटकोपरमा सोमबार होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ।

त्यस्तै दुर्घटनामा ७० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सोमबार दिउँसो घाटकोपरको समता कोलोनीनजिकै रेलवे पेट्रोल पम्पसँगै लगाइएको विशाल होर्डिङ बोर्ड हावाहुरीसँगै ढलेको हो। होर्डिङ बोर्ड ७० बाई ५० मिटरको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

वर्षा र हावाहुरीका कारण पेट्रोल पम्पमा धेरै जना ओत लागेका बेला होर्डिङ बोर्ड खसेको प्रत्यक्षदर्शीको भनाइ छ। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले उद्धार कार्यमा तीव्रता दिएको बताए। साथै मृतकका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइनेसमेत उनले बताए।

कमेन्ट लोड गर्नुस