सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा सडक दुर्घटना परेर ३५ जनाको मृत्यु

२०८१ जेठ ५, ०९:५४ खबर संवाददाता

इस्लामाबादः पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिवार कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना यात्रु बोकी सडकमा गुडिरहेको एउटा ट्रक दुर्घटनामा कम्तीमा पाँच बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। उक्त घटनामा कम्तीमा चार जना घाइते भएका छन्। मृतकमध्ये अधिकांश एकैघरका सदस्य रहेको बताइएको छ।

उद्धार अधिकारीका अनुसार बन्नुबाट खुशाबको सून उपत्यका जाँदै गरेको र तीव्र गतिमा रहेको ट्रक चालकको लापर्बाहीका कारण सडकबाट चिप्लिएर केही तल खाल्डोमा खसेको थियो। यसैगरी कराँचीबाट बलुचिस्तानको शाह नुरानी मस्जिदमा तीर्थयात्रीहरू लिएर जाँदै गरेको अर्को एक ट्रक दुर्घटनाग्रस्त हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएका छन्। 
 

कमेन्ट लोड गर्नुस