सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तीन स्थानबाट अबैध सामान बरामद

२०८१ वैशाख १४, ०५:०७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर प्रहरीले विभिन्न तीन स्थानबाट अबैध सामान बरामद गरेको छ।

No photo description available.

विहिबार इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–१२ बाट १९ हजार ५६, इलाका प्रहरी कार्यालय बह्रमदेवबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–९ बाट १० हजार र  शुक्रबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१० तिनताराबाट ९६ हजार ८७५ गरि करिब एक लाख २५ हजार ९३१ मुल्यको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

May be an image of Christmas stocking and text

सुर्ती, बिडी, घासको बिउ, चिनी, बिस्कुट, मिठाइ, जिरा, मिश्री, जुत्ता, कपडा लगायतका सामान नियन्त्रणमा लिएर गड्डाचौकी भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस