सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको साई मा एजुकेसनमा फोहोरको श्रोतमा वर्गीकरण गर्न छलफल

२०८१ वैशाख १४, ०५:३८ खबर संवाददाता

धनगढी : धनगढीको साई मा एजुकेसनमा फोहोरको श्रोतमा वर्गीकरण गर्न छलफल गरिएको छ। धनगढी उपमहानगरपालिकाका सरसफाइ कर्मचारीहरूले साई मा एजुकेसनका शिक्षक र विद्यार्थीहरूसँग फोहोरको श्रोत वर्गीकरण तथा व्यवस्थापनको विषयमा छलफल गरेका हुन्।

उनीहरूले धनगढी उपमहानगरपालिका–५ मा रहेको साई मा एजुकेसनका शिक्षक र बृजकोर्षका विद्यार्थीहरूलाई फोहोरको श्रोत वर्गीकरण गर्ने र व्यवस्थापनका विषयमा जानकारी दिएका हुन्। धनगढीमा फोहोरको श्रोत वर्गीकरण र व्यवस्थापनका लागि विद्यालयहरूमा अभियान सञ्चालन गरिएको छ। प्रत्येक वडाहरूमा सरसफाइ सप्ताहसमेत मनाइने गरिएको छ।

 

कमेन्ट लोड गर्नुस