सुदूर नेपाललाई विश्वसँग जोड्दै

वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम पराजित

२०८१ वैशाख १३, ०६:०९ खबर संवाददाता

वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा सुदूरपश्चिम पराजित भएको छ। काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ‘सुपर ओभर’ मा पराजित गरेको हो।

वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २१ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २१ रनमात्र बनाउन सक्यो।

दुबै टोलीले बराबरी रन बनाएपछि खेल ‘सुपर ओभर’ मा पुगेको थियो। सुपर ओभरमा सुदूरपश्चिम प्रदेशले एक विकेट गुमाएर सात रन बनायो। मधेश प्रदेशले भने पाँच बलमै एक विकेट गुमाएर नौ रन बनाउँदै विजय भयो। मधेशको यो जितसँगै चार खेल जितेको छ। दुई खेलमा मधेश प्रदेश पराजित भएको छ। पाँच खेल खेलेको सुदूरपश्चिमले भोगेको यो तेस्रो हार हो। दुई खेलमा भने सुदूरपश्चिम पराजित भएको छ।
 

कमेन्ट लोड गर्नुस