धनगढीबाट तीन जना लागुऔषधसहित पक्राउ
२०८१ वैशाख २३, ०७:४९
धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ देवरियाबाट २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन्। उनीहरूको साथबाट ७२० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले बताएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दै छ।
कमेन्ट लोड गर्नुस