सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको पश्चिम तराईमा हावाहुरी चल्ने

२०८१ वैशाख २३, ०६:१७ खबर संवाददाता

धनगढी : नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण अधिकांस पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशका तराईको मौसम भने सफा रहेको छ।

दिउँसो भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली भई बाँकी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
राति भने देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस