सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपाद्धारा अत्तरियादेखि धनगढी सम्म मोटरसाइकल र्‍याली

२०८१ जेठ ५, ०७:५६ खबर संवाददाता

धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अत्तरिया देखि धनगढी सम्म मोटरसाइकल र्‍याली निकालेको छ।

देशभरका महानगर, उपमहानगरपालिकामा र्‍याली निकाल्ने केन्द्रिय कार्यक्रम अन्तरग शनिवार अत्तरिया देखि धनगढी सम्म र्‍याली निकालिएको हो। अत्तरिया चोकबाट सुरु भएको र्‍याली धनगढीमा पुगेर कोण सभामा परिणत हुने जनाइएको छ।

राप्रपा सुदूरपश्चिम प्रदेश समिति कोषाध्यक्ष डिल्लीराज अवस्थीले देशको अवस्था बदल्न, व्यवस्था बदल्न राप्रपाले र्‍याली निकालेको बताए। उनले देशका आम जनता देशको व्यवस्था प्रति आहात भएकाले अहिलेको व्यवस्था बदल्न जनता सडकमा आएको बताए।

राप्रपा सुदूरपश्चिम प्रदेश समिति सदस्य दुर्गा दत्त पन्तले अहिले राज्यले गरेका गतिविधिहरुको बारेमा सजक गराउन र, आम नागरिकलाई देशमा भइरहेको विकृति, विसंगती र अराजकता चिर्न र्‍याली निकालिएको बताए।
 

कमेन्ट लोड गर्नुस