घोडाघोडी नगरपालिकाले अपाङ्गता भएकालाई सामग्री सहयोग गर्ने
धनगढीः कैलालीको एक पालिकाले अपाङ्गता भएका व्यक्तिलाई सामग्री सहयोग गर्ने भएको छ। घोडाघोडी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ।
नगरपालिकाले १५ जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्न लागेको हो। नगर क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूको अवस्था अध्ययन तथा सहायक सामग्री नाप जाँच कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिको पहिचाने गरीएको महिला बालबालिका तथा समाज कल्याण उप–शाखाले जानकारी दिएको छ।
सो शिविरमा नाप जाँच गरी अपाङ्गता सामग्री आवश्यक रहेको पहिचान गरिएको शाखाले जानकारी दिएको छ। स्क्रिनिङ शिविरमा पत्ता लागेका अपाङ्गता भएका व्यक्तिलाई केही दिन भित्रमा सहायता सामग्री वितरण गरिसक्ने महिला बालबालिका तथा समाज कल्याण उप–शाखाका प्रमुख इन्दु जोशीले बताइन। सर्वाङ्गीण अपाङ्गता समाज नेपालको सहजीकरण र घोडाघोडी नगरपालिकाको आयोजनामा सहायक सामग्री सहयोग गर्ने भएको हो।