सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक जना कञ्चनपुरबाट बेपत्ता

२०८१ वैशाख १४, ०७:०५

धनगढी: भारतको बरेलीबाट उपचार गराएर घर फर्किने क्रममा बैतडीका एक जना कञ्चनपुरको चम्पापुरबाट बेपत्ता भएका छन्। मानसिक समस्याको उपचार गराएर घर फर्किने क्रममा बैतडीको पुर्चौडी नगरपालिका-३ भैचना घर भएका रामबहादुर धामी बेपत्ता भएका हुन्।

शुक्रवार बिहान पौने एघार बजेतिर बरेलीबाट मानसिक बिरामीको उपचार गरी फर्कने क्रममा महेन्द्रनगरबाट सु.प.प्र.५०० नम्बरको हाइस चढी बाणीसम्मको यात्रामा हिँडेका धामी बेपत्ता भएको आफन्त दिलबहादुर धामीले बताए। महेन्द्र राजमार्ग अन्तर्गतको चम्पापुरमा सडक जाम हुँदा हाइसबाट ओर्लेका धामी सोही ठाउँबाट बेपत्ता भएका हुन्। उनलाई देख्ने जोकोहीले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४१६३५३२९ मा खबर गर्न आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस