नक्कली सब–इञ्जिनियरविरुद्ध मुद्दा दायर
ओखलढुंगा: ओखलढुंगामा एक जना सब–इञ्जिनियरको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय २ मा कार्यरत सब–इञ्जिजियर रामबाबु यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ।
उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। यादवले सुनसरी टेक्निकल कलेजबाट उत्तीर्ण गरेको डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्र, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स नक्कली बनाएर सरकारी सुविधा लिएको अख्तियारको आरोपमा उल्लेख छ।