सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश निजामती सेवा नियमावली पारित

२०८१ पुष १८, ०५:३८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको प्रदेश निजामती सेवा नियमावली पारित भएको छ।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले निजामती सेवा नियमावली पारित गरेको हो।

प्रदेश निजामती सेवा नियमावली नबन्दा प्रदेश लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन गर्न सकेको थिएन। नियमावली पारित भएसँगै विभिन्न तहको कर्मचारीको विज्ञापन, सरुवा र बढुवाको बाटो खुलेको छ।
 

कमेन्ट लोड गर्नुस