प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा राना
धनगढीः प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा जीवन राना नियुक्त भएकी छिन् ।
प्रदेश मन्त्रिपरिषद् बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो। सदस्यमा भने डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन्। तीनै जनाको आजै सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ की रानाले विद्यावारिधि गरेकी छिन् । उनले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि गरेकी हुन् । उनले '‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा शोधपत्र तयार पारेकी थिइन्।
नेपाली काँग्रेसको राजनीतिमा पनि क्रियाशील राना विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छिन् । काँग्रेसकी केन्द्रीय सदस्य रहेकी उनी बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग प्रमुख पनि हुन्।