सुदूर नेपाललाई विश्वसँग जोड्दै

कस्तो रहला आजको मौसम?

२०८१ पुष १८, ०६:१२ खबर संवाददाता

धनगढीः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

आज दिउसो र राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्यत्र मौसम सामान्यतया सफा रहनेछ। बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

कमेन्ट लोड गर्नुस