सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ४ लाख बढी मुल्यको अवैध सामान बरामद

२०८१ पुष २०, ०९:५३ खबर संवाददाता

धनगढीः कैलालीबाट ४ लाख बढी मुल्यको अवैध सामान बरामद गरिएको छ।

शुक्रवार धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका–८ फुलबारी बसपार्क र टीकापुर नगरपालिका–७ डाडाबोझि स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरिएको हो।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सो स्थानबाट चिनी, बिडी, सुर्ती, पानीपुरी, युरिया मल, मोवाईल ग्लास, साडी, मोटरसाइकलको ब्याट्री, किराना सामान, मोटरसाईकललगायतका सामान गरी ४ लाख १४ हजार ७५० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।
 

कमेन्ट लोड गर्नुस