सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासंघ कैलालीले पत्रकारको स्वास्थ्य बीमा गर्ने

२०८१ पुष १८, ०५:५६ खबर संवाददाता

धनगढीः नेपाल पत्रकार महासंघ कैलाली शाखाले जिल्लाका क्रियाशील पत्रकारको स्वास्थ्य बीमा गर्ने भएको छ।

बिहीवार बसेको महासंघ जिल्ला शाखा कैलालीको बैठकले पत्रकारहरूको दुर्घटना र स्वास्थ्य उपचार बीमा गर्ने निर्णय गरेको हो। बीमा सुविधा १७३ जना सदस्यलाई मात्रै नभई जिल्ला भित्र क्रियाशील सबै पत्रकारलाई उपलब्ध गराउने अध्यक्ष श्रवण देउवाले बताए।

पहिलो बैठकबाट कैलालीबाट प्रकाशित सञ्चार माध्यको अभिलेख राख्ने निर्णय गरिएको छ। अभिलेखीकरणका लागि  सचीव तेजराज भट्टको संयोजकत्वमा गगन अयडी र लोकुसिंह ठकुरी सदस्य रहेको समिति गठन गरिएको छ।

यस्तै, बैठकबाट पत्रकारको सहजताका लागि नेपाल पत्रकार महासंघ कैलाली शाखामा सञ्चार केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ।
 

कमेन्ट लोड गर्नुस