सुदूर नेपाललाई विश्वसँग जोड्दै

३६ बर्षको अन्योलपछि पश्चिम सेती निर्माणका लागि ‘नयाँ मोडल’ खोज्ने तयारी

‘नयाँ मोडल’ खोज्न समिति गठन

२०७५ असोज ३, ०६:४९

३६ बर्ष सम्म तीन देशका तीन कम्पनीले अल्झाएको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि ‘नयाँ मोडल’ को खोजी गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको सञ्चालक समितिको बैठकले आयोजना निर्माणको लागि नयाँ मोडल खोजी गर्ने भन्दै समिति गठन गर्ने निर्णय गरेको हो।

अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी सम्मिलित समिति गठन गर्ने निर्णय गरेको हो। थ्री गर्जेजले आयोजना निर्माण नगर्ने संकेत देखाएपछि विकल्पको खोजी गर्न उच्च स्तरीय समिति गठन गरिएको लगानी बोर्डका सिईओ अधिकारीले बताए। थ्री गर्जेज आयोजना ७ सय ५० मेगावाटमा बनाउँदा लगानी नउठ्ने बताएको थियो। 
यो पनि पढ्नुहोस
१) तीन देशका तीन कम्पनीले ३६ बर्षसम्म अल्झाए पश्चिम सेती

२) अाकाशको फल आँखा तरी मर– पश्चिम सेती

३) प्रदेश सरकारले भन्यो : पश्चिम सेती निर्माणको जिम्मा हामीलाई देउ

४) पश्चिम सेतीको नाममा ३६ बर्ष सम्म ‘भाडाकुटी खेल’ : प्रदेशको गौरवको आयोजना बनाउन सुझाव

कमेन्ट लोड गर्नुस