सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली व्यापारी हत्याकाण्ड: युवतीसहित ६ जना संदिग्ध प्रहरीको उच्च निगरानीमा

२०७७ फाल्गुन १८, ११:५३ खबर संवाददाता

धनगढीः कैलालीका व्यापारी हत्याकाण्डमा प्रहरीले युवतीसहित ६ जना संदिग्धलाई उच्च निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएको छ।  

फागुन १५ गते निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा फेला परेका गोदावरी नगरपालिका–५ का व्यापारी शिवचरण रानाको हत्यामा संलग्न भएको आशंकामा ६ जनामाथि सुक्ष्म निगरानी भइरहेको प्रहरी सुत्रले दिनेशखबरलाई बतायो।

‘सुरुमा १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो,’ प्रहरी सुत्रले दिनेशखबरसँग भन्यो, ‘दायरा घटाउँदै अहिले ६ जनामा सिमित राखिएको छ। ती ६ जनामा केही युवती र अन्य पुरुष नै रहेका छन्। उनीहरुलाई उच्च निगरानीमा राखेर हामीले अनुसन्धान गरिरहेका छौँ। सम्भवत: १/२ दिनभित्रै निष्कर्षमा पुग्छौँ होला।’ 

परस्त्री पनि यो घटनासँग जोडिएको प्रहरी बताउँछ। गेटा आँखा अस्पताल नजिकै पसल राखेर व्यापार गर्दै आएका राना मृत अवस्थामा फेला परेका थिए। धारिलो हतियार प्रहार गरेको पाईएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अघि बढाएको थियो।

मृतकका परिवारले ‘हत्यारा’ पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन्। उनको शव ४ दिनदेखि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

सम्बन्धित समाचार :

कैलाली युवक मृत्यु प्रकरणः परिवारले बुझेन शव

कैलाली युवक मृत्यु प्रकरणः हत्या गरेको आशंकामा १२ जना नियन्त्रणमा

पसलबाट ‘भैँसी दुहुन’ घरतर्फ गइरहेको मौका छोपेर युवकको हत्या गरिएको आशंका

कैलाली युवक मृत्यु प्रकरणः तालिम प्राप्त कुकुरसहित अनुसन्धानमा खटियो प्रहरी

कैलालीमा मृत भेटिएका युवक को हुन्, कस्तो छ शवको प्रकृति ?

कैलालीमा युवक मृत फेला, हत्याको आशंका

कमेन्ट लोड गर्नुस