सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मृत भेटिएका युवक को हुन्, कस्तो छ शवको प्रकृति ?

२०७७ फाल्गुन १५, ०८:५२ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–५ मा शनिबार बिहान मृत फेला परेका युवकको हत्या भएको हुनसक्ने आशंका गरिएको छ। 

गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका अन्दाजी ३६ वर्षीया शिवचरण रानाको टाउकोमा धारिलो हतियार प्रहार गरेको पाईएकाले हत्या भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन्। 

निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै निर्माणाधिन नालामा टाउकोमा गहिरो घाउ, रगत बगिरहेको र छड्के परेको अवस्थामा रानाको शव भेटिएको छ।

अरु दिन पसल बन्द गरेर खाना खान घर पुग्ने गरेका राना शुक्रबार राति भने फर्किन नपाएको उनकी श्रीमती सुगुनी रानाले बताइन्। 

उनी विगत लामो समयदेखि गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्थे। यसअघि रानाको घरमा आगलागी समेत गरिएको थियो। 

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टको टोली अनुसन्धानका लागि पुगेको छ। प्रहरीले घटनास्थल ‘सिल’ गरेर अनुसन्धान गरिरहेको छ। 

सम्बन्धीत समाचार 

कैलालीमा युवक मृत फेला, हत्याको आशंका
 

कमेन्ट लोड गर्नुस