सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वडा प्रहरी कार्यालयकै गेटमा झगडा, छ जना पक्राउ

२०८३ कार्तिक २९, ०७:२१ खबर संवाददाता


धनगढीः कञ्चनपुरस्थित वडा प्रहरी कार्यालय महेन्द्रनगरको गेटअगाडि झगडा गर्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सामाजिक सञ्जालमा झैझगडासम्बन्धी भिडियो प्रसारित भएपछि घटनाबारे चासो बढेको थियो।

छलफलका लागि वडा प्रहरी कार्यालय महेन्द्रनगर आउने क्रममा गेटअगाडि दुई पक्षबीच विवाद र झगडा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झगडामा संलग्न भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २६ वर्षीय रोहित लुहार, २२ वर्षीय रोशन लुहार र २७ वर्षीया निशा लुहार तथा भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोलीलाई नियन्त्रणमा लिइएको हो।

घटनामा संलग्न दुवै पक्षका व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस