सुदूर नेपाललाई विश्वसँग जोड्दै

पसलबाट ‘भैँसी दुहुन’ घरतर्फ गइरहेको मौका छोपेर युवकको हत्या गरिएको आशंका

२०७७ फाल्गुन १५, १०:२५ खबर संवाददाता

धनगढीः गेटा मेडिकल कलेज नजिकै मृत अवस्थामा फेला परेका गोदावरी नगरपालिका–५ का शिवचरण राना ‘भैँसी दुहुन’ पसलबाट घरतर्फ फर्किरहेको मौका छोपेर हत्या गरिएको आशंका गरिएको छ।

गेटा आँखा अस्पताल अगाडी पसल सञ्चालन गर्दै आएका राना दैनिक बिहान ‘भैँसी दुहुन’ घर फर्किने गरेका थिए। स्थानीयकाअनुसार उनी सधै बिहान ४ बजेको समयमा ‘भैँसी दुहुन’ घर जाने गरेका थिए।

सोही मौका छोपेर रानाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हुनसक्ने भन्दै स्थानीयले घटनाको निष्पक्ष छानविनको माग समेत गरेका छन्।

राना मृत भेटिएकै स्थानमा उनी सवार साइकल समेत फेला परेको थियो। घटनाको अनुसन्धानका लागि अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली खटिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट, ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको हो।

धनगढीस्थित कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत घटनास्थलमा लगिएको छ। अहिले घटनास्थल ‘सिल’ गरिएको छ।

सम्बन्धीत समाचार :
कैलाली युवक मृत्यु प्रकरणः तालिम प्राप्त कुकुरसहित अनुसन्धानमा खटियो प्रहरी
कैलालीमा मृत भेटिएका युवक को हुन्, कस्तो छ शवको प्रकृति ?
कैलालीमा युवक मृत फेला, हत्याको आशंका

कमेन्ट लोड गर्नुस