सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली युवक मृत्यु प्रकरणः तालिम प्राप्त कुकुरसहित अनुसन्धानमा खटियो प्रहरी

२०७७ फाल्गुन १५, ०९:१७ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–५ निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै युवक मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली खटाइएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट, ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको हो। 

धनगढीस्थित कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत घटनास्थलमा लगिएको छ।

अहिले घटनास्थल ‘सिल’ गरिएको छ।

शनिबार बिहान गेटा मेडिकल नजिकै निर्माणाधिन नालामा गोदावरी नगरपालिका–५ का ३६ वर्षीय शिवचरण रानाको शव फेला परेको थियो। 

गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका रानाको टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएकाले हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।

यसअघि रानाको घरमा आगजनी समेत गरिएको थियो। 

सम्बन्धीत समाचार 

कैलालीमा मृत भेटिएका युवक को हुन्, कस्तो छ शवको प्रकृति ?
कैलालीमा युवक मृत फेला, हत्याको आशंका

कमेन्ट लोड गर्नुस