सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलको ठक्करबाट ८२ वर्षीया वृद्धाको मृत्यु

२०७९ साउन २७, ०२:३९ खबर संवाददाता

धनगढीः चितवनको राप्ती नगरपालिका-६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ। स्थानीय ८२ वर्षीया फुलमाया राईको घटनास्थलमै मृत्यु भएको हो। प्यारीढापबाट भण्डारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस