न्याय परिषद्को कार्यालय तोडफोड, एक जना पक्राउ
काठमाडौँः न्याय परिषद्को कार्यालय तोडफोड गरेपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्वोच्च अदालतभित्रै रहेको न्याय परिषद्को कार्यालयमा तोडफोड गर्ने गोरखा फुजेलका नुरप्रसाद अधिकारीले तोडफोड गरेका हुन्।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले दिएको जानकारी अनुसार नुरप्रसादले मुद्दा शाखामा तोडफोड गरेका हुन्। नुरप्रसाद गंगामाया अधिकारीका छोरा हुन्। अनसनकै क्रममा ज्यान गुमाएका नुरप्रसादका बाबु नन्दप्रसादको शव अझै पनि त्रिक्षण अस्पतालमै छ। गंगामाया र नन्दप्रसादका अर्का छोरा कृष्णलाई माओवादी कार्यकर्ताले हत्या गरेको र न्याय नपाएको भन्दै उनी अनसन बसेका थिए।
गंगामाया भने अझै पनि आन्दोलित नै छिन्। पक्राउ परेका अधिकारीलाई नेपाल प्रहरीको सिंह दरबार वृत्तमा राखिएको छ।