सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुद्धचोकमा टाँगिएका रवि लामिछानेको पार्टीको प्रचार सामग्री च्यातियो 

२०७९ साउन २६, ०१:१६ खबर संवाददाता

धनगढीः रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामग्री च्यातिएको छ। बागमती प्रदेशको राजधानी हेटौँडामा सो पार्टीले आयोजना गर्न लागेको बागमती प्रदेश भेलाको प्रचार सामग्री च्यातिएको हो।

हेटौँडाको बुद्धचोकबाट सीमा चोकक्षेत्रमा टाँगिएको प्रचार सामग्री कसले च्यातेको हो भन्ने खुलेको छैन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले घटनाको अनुसन्धान तथा प्रचार सामग्री च्यात्नेको खोजी भइरहेको जानकारी दिए। लामिछाने नेतृत्वको पार्टीको भोलि बागमती प्रदेश भेला आयोजना हुँदै छ। जिल्ला तथा पालिका समितिहरूको नेतृत्व चयन गर्न भेला आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस