सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभरका नासु आज बिदामा बस्ने 

२०७९ साउन २४, ०८:५५ खबर संवाददाता

काठमाडौँ: मंगलबार देशभरका नायब सुब्बा (नासु)हरु बिदामा बस्ने भएका छन्। सरकारले बजेटमा घोषणा गरेभन्दा असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै केही दिनयता नासुहरु आन्दोलन गर्दै आएका थिए। 

उनीहरुले आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन्। हिजो पेन डाउन गरेर काम ठप्प बनाएका थिए। चालू वर्षको बजेटबाट सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो। तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिका कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेपछि आफूहरुलाई अन्याय भएको भन्दै नासुहरुले आन्दोलन थालेका थिए।   
    

कमेन्ट लोड गर्नुस