सुदूर नेपाललाई विश्वसँग जोड्दै

१९ वर्षीया सुत्केरीको मृत्यु

२०७९ साउन २३, ०६:०९ खबर संवाददाता

पाँचथर: पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो ९तुम्रोक०को उपचारका क्रममा फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो।

शुक्रबार राति उक्त अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन्। शनिबार दिनभर सामान्य अवस्थामा रहेकी तुम्रोकको राति रगतको मात्रा कम देखिएको अस्पतालले जनाएको छ। उनको शरीरमा रगत चढाएपछि रक्तचाप कम भई स्वास्थ्य अवस्था जटिल भएको र सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्न लाग्दा मृत्यु भएको अस्पतालको भनाइ छ।

कमेन्ट लोड गर्नुस