सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किए

फाइल फोटो
फाइल फोटो
२०७८ असार २७, ०८:०३ खबर संवाददाता

धनगढी: कैलालीमा ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किएका छन्। 

जिल्लाको चुरे गाउँपालिका सल्लेरी डाँडा नजिक अत्तरियाबाट पाटनतर्फ जाँदै गरेको से१च १७५७ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आइरहेको सुपप्र ०१००८ प ६२२२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले बताएको छ। 

दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका -८ शिवनगरका २२ वर्षीय अशोक सापकोटा गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। ट्याक्सी र मोटरसाइकल इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस