सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २ लाख बढी मुल्यको अबैध सामान बरामद

२०८१ भदौ २२, ०५:२७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा २ लाख बढी मुल्यको अबैध सामान बरामद गरिएको छ।

शनिबार प्रहरी चौकी त्रिनगर, वडा प्रहरी कार्यालय र सादा पोशाकमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ आदर्श टोल, चटकपुर र हसनपुरबाट अबैध सामान बरामद गरेको हो। भारतबाट भन्सार छलेर ल्याएको करिब २ लाख २ हजार मुल्यको लेदर बेल्ट, टोपी, चश्मा, बच्चाका खेलौना, काजु तथा विभिन्न मसला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस