सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेसँगको गठबन्धन रहर नभई बाध्यता होः मन्त्री पाण्डे

२०८१ भदौ २२, ०९:३४ खबर संवाददाता

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेकपा एमालेसँगको गठबन्धन रहर नभई बाध्यता भएको बताएका छन्।

शनिवार सूर्यप्रसाद उपाध्यायको चालिसौँ स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिक अस्थिरताबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जाने बताएका हुन्।

उनले भने, ‘अहिले कम्युनिस्टसँगको मेलमिलाप र सहकार्यको नीति रहर होइन बाध्यता हो। हामी होसियार हुनुपर्ने कुरा भनेको हाम्रो मौलिकता जोगाउने विषयमा हो। राजनीतिक स्थिरता जरुरी भयो, माओवादी अध्यक्षले जुन राजनीतिक अस्थिरताको भूमिका निर्वाह गर्नुभयो, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जान्छौ।

८४ मा पुगेपछि हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो।’ यस्तै, उनले इतिहासका कुनै पनि कालखण्डमा सूर्यप्रसाद उपाध्याय नछुटेको भन्दै उनले अन्य नेताहरू सरह सम्मान पाउनु पर्ने पनि बताए।
 

कमेन्ट लोड गर्नुस