सुदूर नेपाललाई विश्वसँग जोड्दै

“किरा परेको चामल” प्रकरणमा मुछिएको ठाकुर ट्रेड लिंकलाई धनगढी उपमहानगरपालिकाले दियो भुक्तानी

२०७८ जेठ ४, ०७:०७ कमल सावद

धनगढीः धनगढी उप–महानगरपालिकाले ‘किरा परेको चामल’ बिक्री गर्ने ठाकुर ट्रेड लिंकलाई भुक्तानी दिएको छ। 

हरिसिंह ठाकुर सञ्चाक रहेको ठाकुर ट्रेड लिंकको २ करोड ६१ लाख रुपैयाँको बोलपत्र गत वर्षको वैशाख १२ गते उप–महानगरपालिकाले स्वीकृत गरेको थियो। कुहिएको र किरा परेको चामल आपूर्ति गरेको ठाकुर ट्रेड लिंकलाई उप–महानगरपालिकाले एक वर्षपछि भुक्तानी दिएको हो।

तर भुक्तनी दिएको रकम र मितिका बारेमा भने उप–महानगरपालिकाले जानकारी दिएको छैन्। उप–महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले चामलको बाँकी रकम भुक्तानी भएको बताए। तर रकम र रकम भुक्तानी गरेको मितिको बारेमा भने जानकारी नभएको प्रतिक्रियादिए। 

“चामलको बाँकी रहेको रकम भुक्तानी भएको छ। अख्तियारले रकम दिन बाटो खोलेकाले भुक्तानी दिएका हौ। आर्थिक प्रशासन शाखा बन्द छ। २ जना कर्मचारीमा कोरोना देखिएपछि अन्य कर्मचारी पनि कार्यालय आएका छैनन्। म सँग तथ्याँक छैन्।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको भनिएपनि पत्र नदेखेको उनको भनाइ छ।

उप–महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दै मातृ शोकमा छन्। सूचना अधिकारी सुरेन्द्र कार्कीले चामल खरिदको रकम भुक्तानीको सूचना दिन नसकिने बताए। 

उनले अख्तियारबाट आएको पत्र पनि आफुसँग नभएको प्रतिक्रिया दिए। आर्थिक प्रशासन शाखा बन्द रहेकोले सूचना दिन नसकिने उनको भनाइ छ। उप–महानगरपालिकाको आर्थिक प्रशासन शाखा प्रमुख सरस्वती जोशीले पनि भुक्तानी दिएको बताइन। तर रकम र मितिका बारेमा तथ्यांक हेर्नुपर्ने अताइन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले विभिन्न सञ्चारमाध्यममा आएको समाचारलाई आधार बनाएर छानविन गरेको थियो। कार्यालयले छानविनको फाइल केन्द्र पठाएको थियो। केन्द्रले पत्र उप–महानगरपालिकालाई दिने भएकाले कञ्चनपुर कार्यालयससँग कुनै जानकारी छैन्। 

के हो कुहिएको चामल प्रकरण ?
धनगढी उप–महानगरपालिकाले २ करोड ६१ लाखमा राहत सामाग्री खरिदका लागि धनगढीकै ठाकुर ट्रेड लिंकलाई ठेक्का दिएको थियो।

प्लायर्सले आपुर्ति गरेको चामल कुहिएको भेटिएपछि विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता समेत गरेका थिए। बोलपत्र दर्ताको समय नसकिदै र मुल्यांकन समेत नगरी उप–महानगरपालिकाले ठाकुर ट्रेड लिंकको बोलपत्र स्वीकृतिका लागि टिप्पणी उठाएको थियो।

उप–महानगरपालिकाले बैशाख ११ गते बोलपत्र आह्वान गरेकोमा दर्ताको समय १४ गते १२ बजेसम्म थियो। १४ गतेसम्म बोलपत्र दर्ताको समय भएपनि उप–महानगरपालिकाले भने १२ गते नै ठाकुर ट्रेड लिंकको बोलपत्र मुल्यांकनमा सफल भइसकेको भन्दै स्वीकृतिका लागि टिप्पणी उठाएको थियो।

१२ गते नै धनगढी उप–महानगरपालिकाका तत्कालीन प्रशासन शाखा प्रमुख नारायण प्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्ण प्रसाद जोशी, खरिद इकाई प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई टिप्पणी उठाएर स्वीकृतिका लागि पेश गरेका थिए।

१३ र १४ गते मध्यान्न १२ बजे सम्म पनि सप्लायार्सले बोलपत्र दर्ता गर्न सक्ने समय भएपनि १२ गते नै ठाकुर ट्रेडको बोलपत्र स्वीकृतीका लागि टिप्पणी उठाएको खुलेपछि ठेक्कामा मिलोमतो भएको आशंका गरिएको थियो।

तर अख्तियारले भुक्तानीको बाटो खोलेको भन्दै भुक्तानी दिएको बताइएको छ। कुहिएको चामलको रकम घटाएर भुक्तानी दिएको स्रोतले बताएको छ। तर कति रकम घटाएको हो। कति परिमाणको चामल कुहिएको हो ? त्यो भने उप–महानगरपालिकाले सार्वजनि गरेको छैन।

सम्बन्धित समाचारहरुः

धनगढी उप–महानगरपालिकाकै मिलोमतोमा कुहिएको चामल खरिद

धनगढीमा कुहिएको चामल प्रकरणमा मेयर उपमेयरको संलग्नताबारे काँग्रेसको जाँचबुझ

धनगढीमा कुहिएको चामल प्रकरण : खाद्य प्रविधिको समेत मिलोमतो

धनगढी वडा नम्वर २ मा १०० कठ्ठा कुहिएको चामल भेटियो

धनगढी उप–महानगरपालिकाकै मिलोमतोमा कुहिएको चामल खरिद

धनगढी उप–महानगरपालिकाले राहतमा बाड्यो किरा परेको चामल

धनगढी वडा नम्वर ५ मा पौने ६ लाखको ८८७ कठ्ठा चामल कुहिएको भेटियो
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस