सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापन

२०७७ असार २, ०६:१४ खबर संवाददाता

धनगढी : कोरोना रोकथामका लागि सरकारलाई गम्भिर नभएको भन्दै नेपाली काग्रेस कैलालीले बिरोध ¥याली सहित प्रदर्शन गरेको छ।

नेपाली कांग्रेस कैलालीले पार्टी कार्यालयदेखि प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

कोरोना भाईरस रोकथामका लागि सरकार जिम्मेवार हनुपर्ने र भ्रष्टाचार रोकथामका लागि दबाब दिन प्रदर्शन गरिएको जिल्ला सभापाति नरनारायण शाह मनुले जानकारी दिए।

आज सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत काँग्रेसले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। 
 

कमेन्ट लोड गर्नुस