सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म ‘एक्टर’को पोस्टरमा प्रदीप खड्काका पाँच लुक सार्वजनिक

२०८१ भदौ ७, ०७:५३ खबर संवाददाता

काठमाडौंः तिहारलाई लक्षित गरी कात्र्तिक १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘एक्टर’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ।

उक्त पोस्टरमा फिल्मका नायक प्रदीप खड्कालाई पाँच लुक्समा देख्न सकिन्छ। प्रदीपको घाइते लुक्सले पोस्टरमा बढी स्थान पाएको छ। त्यसबाहेक उनीलाई नेपाली पोसाकमा, पाइलट, लामो कपाल र मुस्कानसहित फरक चार लुक्समा देख्न सकिन्छ।

फिल्ममा उनको कुन लुक्सले प्राथमिकता पाएको छ भन्ने पोस्टरबाट अनुमान लगाउन गाह्रो छ। यद्यपि यो फिल्मले निर्माणको सुरुवातदेखि नै चर्चा पाएको छ। राजबल्लभ कोइरालाको कमब्याक फिल्म भएकाले पनि यसले चर्चा पाएको हो।


 

कमेन्ट लोड गर्नुस