सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोक संस्कृतिको संरक्षणसँगै बेहडा बाबामा पाँचौँ लोक देउडा कार्यक्रम

२०८३ असोज ३, ०२:२१ लक्ष्मण ढुङ्गाल


धनगढी : सुदूरपश्चिमको मौलिक लोकसंस्कृति तथा देउडा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा पाँचौँ लोक देउडा कार्यक्रम आयोजना शुरु भएको छ।

बेहडा बाबा लोक सांस्कृतिक समाज, धनगढी–१६, घसिटाको आयोजनामा असोज ३ र ४ गते बेहडा बाबा गंगा दशहरा मेला क्षेत्रमा कार्यक्रम सञ्चालन भएको हो।
‘लोक संस्कृतिहरूको संरक्षण गरौँ’ भन्ने नारासहित आयोजना भइरहेको कार्यक्रममा सुदूरपश्चिमको मौलिक लोक कला, संस्कृति तथा देउडा प्रस्तुत गरिने आयोजकले जनाएको छ। नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्दै

लोक संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रहेको छ भने सह–प्रायोजक बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समिति रहेको आयोजकले जनाएको छ।

बेहडा बाबा लोक सांस्कृतिक समाजले स्थापना भएदेखि नै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणका लागि विभिन्न गतिविधि गर्दै आएको जनाएको छ। पाँचौँ संस्करणको लोक देउडा कार्यक्रममार्फत स्थानीय तथा सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अनुमान  गरिएको छ।

कार्यक्रममा देउडा प्रेमी, कलाकार तथा संस्कृतिप्रेमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका देउडीया कलाकारहरुका बिच घम्साघम्सी हुने छ । शनिबार शुरु भएको देउडा कार्यक्रम आइतबार सकिने बताइएको छ ।
 

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस