सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिद्धबाबा सामुदायिक वनबाट मध्यरातमा बस्ती पसेर घर भत्काए जङ्गली हात्तीले

२०८३ कार्तिक २३, १२:५२ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–१ नौरंगामा जङ्गली हात्तीको बथानले घर भत्काउँदा स्थानीय बासिन्दा त्रसित भएका छन्। सिद्धबाबा सामुदायिक वनबाट रातिको समयमा बस्तीमा पसेको ३० देखि ४० वटाको सङ्ख्यामा रहेको हात्तीको बथानले स्थानीयका घर भत्काउनुका साथै क्षति पुर्‍याएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षका अनुसार राति करिब १ बजेर ४० मिनेटको समयमा हात्तीको बथान गाउँ पसेको थियो। हात्तीले स्थानीय इशरा दमाई र सोना दमाईको घर भत्काएका छन्।

एकैपटक ठूलो सङ्ख्यामा हात्ती बस्तीमा प्रवेश गरी घर भत्काउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

कमेन्ट लोड गर्नुस