सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से सूचक २६ अंकले घट्यो

२०८१ भदौ ७, ०५:३६ खबर संवाददाता

काठमाडौँः पछिल्लो साता तीन दिन मात्र सेयर कारोबार भएको छ। भदौ १६ र १७ गते दुई दिन जनै पूर्णिमा र गाईजात्राको सार्वजनिक बिदा पर्दा आइतवार, बुधवार र बिहीवार तीन दिन मात्र बजार खुल्यो।

यो तीन दिन कारोबारमा  नेप्से सूचक २६.३५ अंकले घट्दै २९७४.४६ विन्दुमा झरेको छ। अघिल्लो हप्ता नेप्से सूचक २३४.४३ अंकले बढ्दै ३ हजारमाथि उक्लिएको थियो। साताको पहिलो कारोबार दिन आइतवार नै ३४.४७ अंकको गिरावटसँगै खराब सुरुवात गरेको नेप्से सूचकले चौथो कारोबारका दिन भदौ ५ गते २.११ अंकले र भदौ ६ गते ६.०१ अंकले बढ्यो।

यसबिचमा ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। अघिल्लो साता २३४ अंकमाथिले नेप्से बढ्दा १ खर्ब २५ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

सूचक घट्दै गर्दा यो साता यता पुँजी बजारको पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) समेत घट्न पुगेको छ। अघिल्लो हप्ताको अन्तिम कारोबार दिन ४७ खर्ब ६५ अर्ब ९० करोडमाथि पुगिसकेको मार्केट क्यापिटलाइजेशन यो सात ४७ खर्ब २४ अर्ब ५ करोड ९० लाख रुपैयाँमा झरेको छ। 
 

कमेन्ट लोड गर्नुस