सुदूर नेपाललाई विश्वसँग जोड्दै

मधुमेह राेग, कारण, लक्षणहरू र रोकथामका उपाय

२०८० चैत्र २७, १२:४१

मान सिंह धामी (भाैनबाटी) : सामान्यतया याे पाचन प्रणालीमा भागलिने अङ्ग प्याङ्क्रियाज (Pancreas) मा लाग्ने राेग राेग हाे । Pancreas ले पैदागर्ने Insulin र Glucogan hormone काे असन्तुलन भएमा रगतमा Glucose काे मात्रा सामान्य भन्दा बढी हसन गएमा मधुमेह राेग लागेकाे भनिन्छ ।

मधुमेह अचेल सर्वाधिक प्रचलित रोगहरूमध्ये एउटा हो । धेरै मान्छे यसलाई आधुनिक सभ्यताको अभिशाप भन्दछन् । यतिमात्र होइन यसको सङ्ख्या भयावह ढङ्गले बढदै छ र यो बढने सबैभन्दा प्रमुख कारण रहन-सहनको हाम्रो बानीमा भएको फरक हो । आजभोलि अघिको भन्दा धेरै सङ्ख्यामा युवक र यहाँसम्म कि नानीहरू पनि मधुमेहले ग्रस्त भएको पाइन्छ । निश्चित रूपले यसको एउटा ठूलो कारण हो बितेका 4-5 दशकहरूमा श्वेत शर्करा, मैदा तथा ओजहीन खाद्य उत्पादहरूलाई हामीले गरेको व्यापक प्रयोग मान्न सकिन्छ । कारण हो मोटोपन र आरामको जीवन जिउने तरिकाको विकास । स्कुलहरूमा पिज्जा, चिप्स, कोल्ड ड्रिङ्क्सको धेरै प्रयोगका साथै साधारण खान-पानमा रिफाइन्ड खाना, पालिश गरिएको खाद्य पदार्थ र खानामा फाइबरको कमी डाइबिटीजको बढदो संख्याको मुख्य कारण हो ।

मधुमेहको बैज्ञानिक शब्दावलीमा डाइबिटीज मेलाइट्स (Diabetes Myellitus) को नामले जानिन्छ । यो युनानी भाषाको शब्द ‘डाइबिटीज’ को अर्थ लेटिन भाषाको शब्द ‘मेलाइट्स’ सँग मिलाएर बनिएको हो। ‘डाइबिटीज’को अर्थ हो–भएर निस्कनु वा प्रवाहित हुनु तथा ‘मेलाइट्स’ को अर्थ हो मह । यसरी हेर्दा डाइबिटीज मेलाइट्सको अर्थ हुन्छ मह प्रवाहित हुनु । यो रोग शरीरका कार्य व्यवहारमा भएका गड़बड़ीहरूको परिणाम स्वरूप उत्पन्न हुन्छ यसलाई शरीरको पाचनसम्बन्धी एउटा रोगका रूपमा जानिन्छ जुनचाहिँ अग्नाशय (Pancreas) मा स्थित विशेष लेङ्गरहेन्स कोशिकाद्वारा एउटा विशिष्ट हरमोन इन्सुलिन (Insulin) को पर्याप्त मात्रामा निर्माण गर्न नसक्नुका कारणले हुने गर्दछ । यसमा कमी आउनाले रगतमा ग्लुकाेजकाे मात्रा बढेर जान्छ । जब यो एउटा निर्धारित स्तरसम्म पुग्दछ र मिर्गौँलाले अतिरिक्त मात्रामा मूत्र विसर्जन गर्न थाल्दछ । त्यसैले रक्त शर्कराको मात्रा जाँच गर्नका लागि चिकित्सकहरूद्वारा मूत्र परिक्षण गर्ने परामर्श दिइन्छ । एकै शब्दमा भन्नु हो भने डाइबिटीजको अर्थ हो रगतमा चीनीको मात्रा बढनु, जब इन्सुलिनको निर्माणमा गड़बड़ी हुन्छ । इन्सुलिनको काम हो रगतमा चीनीको स्तरलाई नियन्त्रण गर्नु ।

मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ ।

मधुमेह दुई किसिमको हुन्छ : Type - -1 र Tyoe - 2

Type -1 मधुमेह बच्चाहरुमा देखिन्छ । यो प्रकारको मधुमेहमा शरीरमा इन्सुलिनको उत्पादन बन्द नै हुन्छ । अर्थात बाँच्नका लागि इन्सुलिन दिनैपर्छ । औषधिले काम गर्दैन । यो जन्मजात भन्न मिल्दैन जन्मेको केही बर्षपछि बच्चाहरुमा यस्तो अवस्था देखिन्छ ।

Type - 2 मधुमेह अलि उमेर भएपछि देखिन्छ । तर हिजोआजको जीवनशैली र खानपानका कारण कम उमेरमै पनि यस्तो देखिएको छ । अहिले बच्चाहरुमै मोटो पन बढेकोले प्रकार दुईवाला मधुमेह देखिन थालेको छ ।

गर्भवती अवस्थामा देखिने मधुमेह :

गर्भवती अवस्थामा पनि मधुमेह हुन्छ । गर्भवती हुनुभन्दा पहिला मधुमेह नभएको र गर्भवती भएको २४ हप्तादेखि २८ हप्ताको बीचमा रगत परीक्षण गर्दा मधुमेह देखियो भने त्यसलाई गर्भवती अवस्थामा देखिने मधुमेह भनिन्छ । चिकित्सकिय भाषामा यसलाई जेसटेसनल मधुमेह भनिन्छ । गर्भवती समयमा मधुमेह भएको खण्डमा आमा, शिशु दुवैमा समस्या आउँछ। शिशु जन्मेपछि पनि भविष्यमा आमा र शिशु दुवैलाई मधुमेह हुने सम्भावना हुन्छ ।

डेलिभरीपछि यो समस्या हराउँछ तर बेलैमा नियन्त्रण गरिएन भने पछि त्यो प्रकार २ को मधुमेहमा परिवर्तन हुन सक्छ । डेलिभरीपछि मेरो सुगर हरायो भनेर ढुक्क बस्नुहुँदैन । अस्वस्थ जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्छ । सामान्यतया खाली पेटमा ग्लुकोजको मात्रा १२० भन्दा कम र खाना खाएपछि १८० भन्दा कम भएको मधुमेहलाई सामान्य मानिन्छ । ‘टाइप वान’ मधुमेह छ भने त्यसको उपचार विधि इन्सुलिन नै हो । ‘टाइप टु’ मधुमेहमा पनि औषधि चलाउँदा मधुमेह अनियन्त्रित भएको अवस्थामा सक्दो छिटो इन्सुलिन प्रयोग गर्नुपर्छ ।

कारणहरू :

द्रुत गतिमा बढदै गरेको शहरीकरण,

आधुनिक युगका समस्‍याहरू

अचानक खानपान वा रहन-सहनमा आएको परिवर्तन

पाश्चत्यकरण (फास्‍ट फूड, कोकाकोला इन्जेक्‍शन)

प्रचुर मात्रामा भोजनको उपलब्‍धता वा शारीरिक श्रमको कमीका कारण मधुमेह हाम्रो देशमा आजभोलि चाँडै बढदै छ । मधुमेह वा सुगर रोग हुँदा रगतमा ग्लुकोज सामान्‍य भन्दा धेर हुन्छ र ग्लुकोजका साथै बोसो तथा प्रटिनको उपापचन (Metabolism) पनि प्रभावित हुन्छ । यो रोग कुनै पनि उमेरमा हुन सक्छ भारतमा 95 प्रतिशत भन्दा धेर रोगी वयस्‍क छन् ।

लक्षणहरू :

वजनमा कमी हुनु

धेरै भोक लाग्नु

तिर्खा वा पिसाब लाग्नु

थकाइ, पिँडुला दुख्ने

पटक-पटक सङ्क्रमण हुनु वा घाउ ढिलो निको हुनु

हात खुट्टा झनझन गर्नु, सुन्ने लाग्नु वा पोल्ने गर्नु

नपुङ्सकता

थाकाइ लाग्ने

आलस्य हुने

जाँगर नचल्ने

पिसाब लाग्ने

मुख सुख्खा हुने

खाना बढी रुचि हुने

खुट्टा पोल्ने

खुट्टा झमझमाउने

आँखा धमिलो हुने

कुनै पनि घाउ निको हुन गाह्रो हुने

पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।

कतिपय मान्छेमा मधुमेह धेरै हुने सम्भावन हुन्छ, जस्तै-मोटो व्‍यक्ति, परिवार वा वंशमा मधुमेह हुनु, उच्‍च रक्‍तचाप भएको रोगी, जुन मान्छेले व्‍यायाम वा शारीरिक श्रम कम गर्छ वा गर्दैन, शहरी व्‍यक्तिहरूमा गाउँको भन्दा धेरै मधुमेह रोग हुने सम्भावना हुन्छ ।

राेकथाम तथा नियन्त्रण :

मात्र रगतमा ग्लुकोजको मात्रा कम गर्नु मात्रै मधुमेहको पूर्ण उपचार होइन । उपयुक्‍त भोजन र व्यययाम अत्यन्त आवश्यक हुन्छ ।

नुन, चीनी, गुँड, घिउ, तेल, दूध र दूधबाट बनेका परिकारहरू पराठा, मीठा खाने कुराहरू, आइसक्रीम, मिठाई, मांस, अण्‍डा, चकलेट, सुकेको नारियल आदिकाे कम सेवन गर्नु पर्दछ ।

खाद्यप्रदार्थ जुनचाहिँ धेरै मात्रामा खानु पर्छ ।

हरिया सब्जीहरू, काँक्रो, काँकरी, गोलभेडा, प्‍याज, लसुन, कागती र सामान्‍य खुर्सानी तथा मसलाहरूको प्रयोग गर्न सकिन्छ । फलफूलहरूको सेवन गर्न सकिन्छ । ज्‍वार (जुनेलाे), चना र गहुँका पिठाेको रोटी (मिस्‍सी रोटी) धेरै उपयोगी हुन्छ । तोरीको तेल अरू तेलहरू (सोयाबीन, बदाम, सूर्यमुखी) सँग प्रयोग गर्नु, खाना खाने समय जहाँसम्म सम्भव हुन्छ निश्चित हुनु पर्छ र लामो समयसम्म‍ भोको बस्नु हुँदैन । राताे मासुकाे सेवनपनि बर्जित मानिन्छ ।

खानाको मात्रा चिकित्‍सकद्वारा रोगीको वजन र ऊचाईका हिसाबले केलोरी (Calories) को गणना गरी निर्धारित गर्नु पर्दछ ।

करेला, दाना मेथी आदिले कतिपय रोगीहरूलाई केही फाइदा हुन सक्छ तर यिनैमा भर परेर औषधीको उपयोग नगर्नु निरर्थक हुन्छ ।

उपचारकाे दोस्रो उपाय हो व्‍यायाम- सधैँ लगभग 20-40 मिनेट छिटो हिँडनु, पौडिनु, साइकल कुदाउनु आदिमा पहिले यो सुनि‍श्‍चित गर्नु आवश्‍यक हुन्छ कि तपाईँको शरीर व्‍यायाम गर्ने योग्‍य छ कि छैन। योगाभ्‍यास पनि उपयोगी हुन्छ। एकदम खाली पेट व्‍यायाम गर्नु हुँदैन।

भोजनमा उपयुक्‍त परिवर्तन र व्‍यायामले जहाँसम्म रगतमा ग्लुकोज नियन्त्रित रहन्छ त्यही अर्कातिर शरीरको वजन सन्तुलित रहन्छ र रक्‍तचाप नियन्त्रण गर्नमा सहायक हुन्छ ।

मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ। मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवस्यक हुन्छ । टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ । टाइप टू डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ । इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन् । गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ ।

मान सिंह धामी (भाैनबाटी)

उप-प्राध्यापक

कैलाली बहुमुखी क्याम्पस, धनगढी

मालिकार्जुन गाउँपालिका हुनैनाथ - ४

गाेठ्युडी, काेटबुङा

दार्चुला

स्रोत :

- Ross and Wilson (1987), Human

Anatomy and

Physiology in Health and Illness.

Samiksha

Publication. Pvt.Ltd.

- Reproductive Health Strategy, Family

Health

Division, DOH, MOH.

- Shrestha (2060), Nursing Care of

Children,

HLMC, Naharajgunj, Ktm.

- तुइतुई राेशनी र डा. सुवाल एस. एन. (२०७२),

मातुशिशु तथा प्रजनन स्वास्थ्य । मकालु कम्प्युटर

डेक्स,

काठमाण्डाै, नेपाल ।

कमेन्ट लोड गर्नुस