कैलालीमा पुलबाट खसेर एक युवकको मृत्यु

कैलालीः निर्माणाधीन पुलबाट खस्दा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ भगवानपुरका एक युवकको मृत्यु भएको छ।
२७ वर्षीय दीपेन्द्र थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताए।

जिल्लाको घोडाघोडी नगरपालिका–१२ र ५ जोड्ने कान्द्रा नदीमा झोलुङ्गे पुल निर्माणका लागि कामदारका रूपमा आएका थारू सात फिट तल खसेका थिए। अवस्थीका अनुसार आइतवार बेलुका खाना खाइसकेपछि उनी घरमा फोन गर्न बसेको स्थानबाट नेटवर्क आउने ठाउँतिर गएका थिए। सोही क्रममा उनी पुलबाट खसेका अनुमान गरिएको छ। आज बिहान मात्रै अन्य कामदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

दीपेन्द्रको शव आफन्तको जिम्मा लगाइ शव परीक्षणका लागि टिकापुर अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए।