सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्टोबरमा नेपथ्यले पहिलोपटक क्यानडामा कन्सर्ट गर्ने

२०८० असोज ३, ०४:४९ खबर संवाददाता

काठमाडौँः  नेपालको चर्तित सांगीतिक ब्याण्ड नेपत्थ्यले पहिलो पटक क्यानडामा लाइभ कन्सर्ट गर्ने भएको छ। निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले त्यहाँको क्यालगरी सहरको ’दी प्यालेस थिएटर’मा प्रस्तुति दिन लागेको हो।

यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुति भ्यानकुभर सहरमा हुनेछ। यी दुवै सहर क्यानाडाको पश्चिमी भेगमा पर्छन्। यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुनेछ। अक्टोबर ८ तारिख, आइतबारका दिन ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै विख्यात कार्यक्रम स्थल ‘म्यासी हल’मा प्रस्तुत हुनेछ।

केही समययता नेपालीहरूका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तब्य बन्दै आएको छ। त्यसमा पनि विशेषगरि अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीहरूको संख्या वर्षेनी बढ्दो छ। सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’को नारासहित मानवता प्रवर्धन अभियानको श्रृंखलाको रूपमा प्रस्तुत गर्ने विचारअनुरूप यसपालीको नेपथ्य क्यानाडा शृंखला पनि त्यही नाराअन्तर्गत अगाडि बढ्ने छ।

नेपालयले उचित व्यवस्थापनमार्फत नेपथ्यको प्रस्तुतिमा एकरूपता ल्याउनका लागि नेपालमा र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राविधिकहरूलाई यात्रा टोलीमा सम्मिलित गर्दै आएको छ। सोही अनुरूप, अघिल्लो महिनाको श्रृंखलाबद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवं व्यवस्थापक र ६ संगीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेस हुने छन्।
 

कमेन्ट लोड गर्नुस