कञ्चनपुरबाट लागुऔषधसहित बाजुराका २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित बाजुराका २ जना पक्राउ परेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट लागूऔषध सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ६० मिलिग्रामसहित बाजुराको खप्तडछेडेदह गाउँपालिका–७ बस्ने १९ वर्षीय रोहित नेपालीसहित २ जना पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।