सुदूर नेपाललाई विश्वसँग जोड्दै

चरेश मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८३ असोज २८, ०८:३४ खबर संवाददाता

कञ्चनपुरः चरेश मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७० भदौ १ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ५ वर्ष कैद सजाय र ७५ हजार जरिवाना तोकेपछि फरार रहेका भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने ६५ वर्षीय चक्र बुढा पक्राउ परेका हुन्। बुढालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस