भजनीमा साढे २ लाखको झिलीमिली बत्ती बरामद
२०८३ असोज २८, ०९:०३
धनगढीः कैलालीको भजनीमा तस्करी गरेर ल्याइरहेको साढे २ लाखको झिलीमिली बत्ती बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक समुद्र केशर पन्तको कमान्डमा खटिएको टोलीले भजनी नगरपालिका–५ को हलौनाघाटबाट दुई लाख ६० हजार बराबरका बत्ती बरामद गरेको हो। बरामद गरिएका एक सय ३० बन्डल झिलीमिली बत्ती आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस