सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘चौका दाउ’ को छायाकंन जेठमा सकिने

२०७५ जेठ ४, ०४:३३

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चलचित्र चौका दाउ छायाँकन भईरहेको छ । यो चलचित्रको एक साता अघिबाट छायाँकन सुरु भएको हो । अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा यो चलचित्रका परिकल्पना, कथा र संगीत हुन् । यस अघि आठ ओटा चलचित्रमा कथा लेखिसकेका बासकोटाले चौका दाउ आफ्नो कथामा मा निर्माण हुन लागेको नवौं फिल्म भएको बताए ।

चलचित्रको छायाँकन तिब्र रुपमा भईरहेको र जेठ महिनाभरी छायाँकन सम्पन्न गर्ने उनले बताए । सौर्य प्रोडक्सनका प्रस्तुती रहेको यो चलचित्रलाई मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेका हुन् । यो चलचित्रमा अजस्र ढुँगाना र वर्षा राउत जोडी बनेर प्रस्तुत हुँदैछन् । चलचित्र ‘ए मेरो हजुर २’ मा सह–अभिनेताको रुपमा काम गरेका अजस्रले ‘चौका दाउ’बाट मुख्य नायकको रुपमा डेब्यु गर्न लागेका हुन् ।चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरिहेका छन् ।

चौका दाउका अन्य कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय छ । सिनेमामा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा सम्वाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण व्यबस्थापन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहने छ ।
http://www.gufgaf.comबाट
 

कमेन्ट लोड गर्नुस