सुदूर नेपाललाई विश्वसँग जोड्दै

झडपमा आठ प्रहरी मारिए

२०७५ मंसिर २५, ०१:४०

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन्। यस झडपको क्रममा ११ तालिबान लडाकू् पनि मारिएका छन्। एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन्।

कान्दाहार प्रान्तको आर्घीस्तान जिल्लाको सनदार्ज इलाकामा रहेको एक प्रहरी चौकीमा अज्ञात सङ्ख्यामा आएका सशस्त्र लडाकूहरुले आक्रमण गरेका थिए। सो आक्रमणमा क्रममा सरकारी सुरक्षाबल र लडाकूबीच भीषण झडप भएको प्रान्तीय सरकारका प्रवक्ता आजिज अहमद आजिजले सिन्ह्वा समाचार समितिलाई दिएका छन्।  

तालिबान लडाकू समूहको बलियो पकड रहेको कान्दाहार प्रान्तमा हाल सुरक्षा व्यवस्थामा राम्रो सुधार आएको छ। तर पनि तालिबान लडाकू समूहले सरकारले सुरक्षा बढाएको प्रान्तहरुमा बारम्बार आक्रमण गर्दै आएका पाइन्छ।
 रासस÷सिन्ह्वा  

कमेन्ट लोड गर्नुस