सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको पलियाबाट ३९० ग्राम लागुऔषधसहित २ जना पक्राउ

२०८१ वैशाख ११, ०२:५१ खबर संवाददाता

धनगढीः भारतको पलियाबाट तीन सय ९० ग्राम लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पलिया प्रहरीका अनुसार अंकित माल्या र बिक्की नेपालीलाई पक्राउ गरिएको हो।

प्रहरीले सोमवार राति उनीहरूलाई ३९० ग्राम लागुऔषध, नगद र आइफोनसहित पक्राउ गरेको छ। प्रहरीले बिक्की नेपालीबाट एक सय ३० ग्राम लागुऔषध र अंकित मालियाबाट २६० ग्राम लागुऔषभ बरामद गरिएको छ। उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको छ। उनीहरूलाई पलिया प्रहरीले आवश्यक कारबाही सुरु गरेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस