सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले पर्साको अधिवेशनमा कुटाकुट 

२०८१ वैशाख २१, ०९:५२ खबर संवाददाता

वीरगन्जः नेकपा एमाले पर्साको उपाध्यक्षसहित पदाधिकारी चयनका लागि शुक्रवार हुने भनिएको निर्वाचनमा विवाद हुँदा कार्यकर्ताबीच कुटाकुट भएको छ।

वीरगन्जस्थित अनमोल पार्टी प्यालेसमा एमाले कार्यकर्ताबीच कुटाकुट हुदाँ जिल्ला उपसचिव पदका उम्मेदवार रामकिशोर सिंह पराग घाइते भएका छन्। उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

निर्वाचनमा धाँधली गरिएको भन्दै उपाध्यक्ष पदका उम्मेदवार लालबाबु शेख पक्षधरले दिउँसै निर्वाचन समितिको कोठामा तालाबन्दी गरेका थिए। त्यसका बावजुद निर्वाचन समितिले जबरजस्ती मतदान गराउन खोजेपछि त्यसको प्रतिवाद गर्दा कार्यकर्ताबीच कुटाकुट भएको सचिव पदका उम्मेदवार नवराज शर्माले बताए।

अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका विश्वम्भर शर्मा पक्षकाले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको शर्माले बताए। इतर पक्षका अन्य नेताहरूमाथि पनि हातपात भएको उनले बताए।

यता अध्यक्ष शर्मा पक्षकाले भने निर्वाचन समितिले नियमसंगत प्रक्रिया पूरा गरेर निर्वाचन गराउन खोज्दा इतर पक्षका केही कार्यकर्ताले निर्वाचन समितिको कोठामा पसेर जबरजस्ती तोडफोड गरेको बताएका छन्। कार्यकर्ताबीचच कुटाकुट भएपछि निर्वाचन शनिवारसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।–अन्नपुर्ण
 

कमेन्ट लोड गर्नुस